परिबन्द भित्र जीवन ” -विप्लवी तेन्जु योन्जन

विप्लवी तेन्जु योन्जन

समय र परिस्थितिको दासी हो जीवन । भन्दा फरक नपर्ला किन कि जिवनले हरेक समय क्षेणमा समयको रफतार सगै परिबर्तन हुदो रहेछ। यो युगको माग हो। जिवनले हरेको मोडहरु पार गर्ने क्रममा कुनै बेला यस्तो अफ्ट्यारो घुम्तिहरुमा पुराएर छोड्दछ। त्यो जिवनमा परिकल्पना गर्नै नसक्ने क्षण हुन सक्छ। पल पल जिउदो मरेर जिउदो लास भै जिउनु परेको हुन्छ। जहाँ वसन्त बाट उजाड मरुभुमी झै सुख्खा भएर जान्छ। हरेक मानिसले आफ्नो गन्तव्य सम्म पुग्ने आ-आफ्नै बाटो र सपना रोजेको हुन्छ। तर बिडम्बना कतिको सपना पूरा हुन्छ त कतिको सपना गन्तव्यमा पुग्नै नपाइ तुहिएको पाईन्छ। अनि त सपना सपनामै सिमित हुनु परेको तितो यथार्थ सबैमा अबगत छ।
भनिन्छ युवा देशको मेरुदण्ड हुन् । कुनै पनि देश विकास हुन युवा जनशक्तिको मुख्य भूमिका रहन्छ । घाइते अनि पाको उमेरका बा आमालाई त आफ्ना बुढेसकालको सहारा छोरा छोरीको आश लाग्छ भने जननीलाई पनि आफ्ना सन्तानप्रति आश लाग्नु स्वभाविक हुन्छ । जसले आफ्नो बालापन देखि पठनपाठन सम्पूर्ण त्यही माटोमा खर्चेका हुन्छन् एउटा सुनौलो भविष्यको आशमा ।
एउटा युवाले जसोतसो गरेर पढाई सक्छ अनि आफ्नो योग्यता अनुसारको इलम गर्न खोज्छ । तर, उ आफ्नो योग्यता अनुरुपको काममा कति गल्ली धाउंछ, कतिलाई चाकरी गर्छ तर ऊ असफल हुन्छ र आफ्नो जिन्दगीदेखि हार मानेर अर्को बाटो अपनाउंछ त्यो हो विदेश पलायन ।
हुने खाने र सक्षम जो छन् उनीहरुको रोजाइमा पर्छ अमेरिका, लन्डन अनि अस्ट्रेलिया । अनि निम्न वर्गीय र पढाईबाट हैरान भएकाहरुको रोजाईमा पर्छ खाडी मुलुक । गएको ५ वर्षमा मात्रै ३४ लाखभन्दा बढि नेपाली युवा विदेश पलायन भएको एक पछिल्लो सर्वेक्षणले बताएको छ जुन हृदयविदारक र कारुणिक छ ।
किन युवाहरु विदेश पलायन भइरहेका छन् ? यो विषयमा नेपाल सरकारले धेरै वकालत त गर्छ, चर्का चर्का भाषण पनि हुन्छन् । तर, दीर्घकालीन रुपमा कसरी निर्मुल पार्न सकिन्छ त्यो तर्फ कहिल्यै पनि गम्भीर भएर सोच्न सकेन । फलस्वरुप उर्जाशील दक्ष जनशक्ति दिनमा दुई गुना रातमा चौगुना काठमान्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सप्तरङ्गी फूलको माला पहिरिएर चांडै फर्किने आशमा आंखा भरि आंशु पारेर वृद्ध बा आमालाई छाडेर परदेसिन वाध्य हुन्छन् ।
जीवन त्यस्तो सोचे जस्तो कहां सजिलो छ र विदेशको । खाडी मुलुकको कथा आफ्नै छ । कुनै पनि देश जानु भन्दा अगाडि त्यहांको वस्तु स्थिति, हावा पानी, सामाजिक अनि सांस्कृतिक रहनसहन, नियम कानुन जान्न एकदम जरुरी हुन्छ । कसैको लहैलहैमा वा बकम्फुसे गफको पछि नलागी इन्टरनेटको दुनियांमा आफैंले अनुसन्धान गरेर वास्तविकता के हो बुझेर आउंदा फलदायी हुन सक्छ । आफू भन्दा दिग्गज् जसलाई वास्तविकता थाहा छ ती साथीहरूबाट उचित परामर्श, सुझाव सल्लाह लिएर चालेको कदम नै उचित हुन्छ ।
विद्यार्थी भिजामा आउंदै हुनुहुन्छ भने आउनु अगाडि कलेज वा विश्व विद्यालयबारे राम्रोसंग बुझेर आउंदा दुःख पाइन्न । भिजा लगाउनु वा आउनु ठूलो कुरा होइन । यहां आइसकेपछि आइपर्ने वाधा अड्चन मुख्य हुन जान्छ । कलेजको चर्को फि तिर्ने कसरी ? कस्तो काम गर्ने, काम पाउने सम्भावना के कति हुन्छ, वैधानिक रुपमा साताको कति घन्टा काम गर्न पाइन्छ, बस्ने ठाउं कस्तो छ, खानपिन र बसाईमा कति खर्च लाग्छ, यस्ता यावत विषयमा जानकार हुन जरुरी हुन्छ । यति मात्र नभएर तपाईं पढ्न आउनु भएको विषयको स्कोप के कति छ, पिआरको सूचीमा छ कि छैन् त्यो बुझ्न महत्वपूर्ण हुन्छ ता कि तपाईंले गरेको खर्च भोलि गएर बालुवामा पानी जस्तो नहोस् ।
आफ्नो भबिष्य अनि आफ्नो परिवर र आफ्नो सन्तानको सुखि र समृद्धि बनाउने उदेश्यले कयौ नेपाली युवा युवतीहरु आफ्नो जन्म भुमी छोडी मीठो सपना सजाउदै मुग्लान पस्न बिबस छन ।
यो रहर हैन बाध्यता हो । आफ्नो देशमा रोजगारिको कुनै अवसर प्राप्त नभए पछि अनि आफू सग योग्यता क्षमता हुदा हुँदै पनि नातावाद कृपावाद अनि दलिय वाद हुदाको परिमाण गरिब जनताले भोग्नु परेको वास्तविक कथा हो यो। आफ्नो मात्री भुमिमा रहेर आफ्नो पसिना आफ्नै खेतका गरामा सिचाउने रहर हुदा हुँदै पनि वाध्यता बस आफ्नो परिवारको भविष्य निर्माण तथा आफ्नो बाल बच्चाको गुनस्तर शिक्षाको निमित्त बैकल्पिक रोजगारको रुपमा आफ्नो गर्जो टार्न बिदेशी भुमिमा अरुको इसारामा यन्त्र चालित गुडिया झै दिन रात आफ्नो पौरखी पसिना बिदेशी माटोमा सिचाउन बिबस छन। म जस्ता लाखौ युवा युवती जब घरबाट निस्कदा हरेक सपना बोकेको हुनेछ। अनि दलाली एजेन्ट भनाउदाको चिप्लो कुरामा आफ्नो सुन्दर सपनाहरू लाई मुर्त रुप दिदै बिदेशको भुमिमा पाईला टेक्छ। तर जब बिदेशी भुमिमा पुग्छ । त्यसको बिपरित हुन्छ। अनि सारा सपनाहरु सिसा झै टुक्राटुक्रा भएर सडकमा छताछुल्ल हुनेछ। बिदेश आउदा साहुबाट चर्को ब्याजमा लिएको ऋण तिर्ने सपना अनि आफ्नो परिवारको भबिस्य साथै आफ्नो भबिस्य निर्माण गर्ने गन्तव्यले आफ्नो गन्तव्य सम्म पुराउनु सक्दैन। किन कि यहि गन्तव्यमा अनब्रत अटुट रुपमा दमन सोसन अनि अत्याचार हुने गर्छ। हासो आशुमा परिणत हुनेछ। हिजो दलालि रक्त पिसाचुहरुकोको मीठो बोलिले गरिएको करार पत्र भन्दा बिलकुल फरक कार्य गराउने बिदेशी दलालको फन्दामा परि बिदेशी भुमिमा आफुले पाउने सेवा सुबिधाबाटै बन्चित हुनु परेको पीडा आफ्नै ठाउमा यथावत छ।
हरेक मानिसको सारा सपना पूरा हुदैन । किन कि सपना असिमित हुने गर्छ। यस्तै बिषयमा प्रवाशी भुमीमा रहेर साहित्य तथा पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाई रहनु हुने मेरो आत्मिय मित्र ज्ञानेन्द्र कुरुम्बाले निकै बर्ष पहिले लेख्नु भएको लेख हेरे । अनि त्यही बास्तबिकता भित्र हराउदै मलाई पनि आफ्नै प्रवाशी जीवन सैलिको यथार्थ बिषय बस्तुमा रहि केही लेख्ने जागरुक लाग्यो अनि केही लेखे।
बास्तबिकता भित्रको यो मलेशिया कुनै परिस्थितिमा रंगमन्चको सन्सार भन्दा फरक नपर्ला यहाँ आफ्नै परिभेषमा समय हरेक मानिसको सपनाको शहर बनेको छ। जहाँ कयौको सपनाहरु पूरा गर्ने शहर बनेको छ त कयौको सपना फुल्न नपाउदै कोपिला मै निमोठिन पुगेको छ। यो सहर बस्तिले छुट्टै इतिहास बोकेको छ। न रात न दिन केही फरक छैन । निसासिदो ती भिड भित्र कयौको काल्पनिक सपना हरु अन्यासै हुरिले उडाइ बियोगान्तक सुसहटमा रुमलिन बिबस छ ।
त्यसैले त यहाँ कतिको सपना साकार भएको छ त कतिको सपना पूरा हुन्नै नपाई सपनामै सिमित बनेको छ। दिन दिनै चौगुणा बढ्दो भौतिक सम्रचना हरु सगै मलेशियामा विभिन्न देशबाट विभिन्न स्थानमा कामको सिलसिलामा रहेर बसेको छ। कयौको सपना एउटै हो । आफ्नो भाग्य , भबिस्य निर्माण । कयौ मध्यको एक पात्रा म आफै स्वम पनि हु । यस्तै क्रममा आफ्नै अनेकौं ति सुन्दर सपनाहरू आफु भित्रै सजाएर आजभन्दा २८ बर्ष अगाडि अर्थात सन् १९९६ मा आफ्नो प्यारी प्राण प्यारी अनि मुटुका टुक्रा अनि प्यारो जन्मभुमी तेह्रथुम जिल्ला छथर गाउँपालिका -३ लुकुवा छोड्दै बिदेशी भुमिमा प्रवासिन बाध्य हुनु भएको श्री सुर्य बहादुर कुरुम्भङ लिम्बूको कथा यस्तै भएको थियो । आज भन्दा ९ बर्ष आगाडी छापिएको लेख र मलेसियाबाट प्रकासित नेपाली पत्रीकाहरुको मुख्य हेडलाइन बनेको थियो जुन शुर्य बहादुर कुरुङ्गबाको कथा उहाले पनि आफ्नो भबिस्य यहि आएर खोजी रहनु भएको थियो। अझै पनि निरन्तर खिजिरहने छ।
उहाले हरेक सपना सजाउदै बिदेशको यात्रा तय गर्नु भएको थियो । जुनबेला मलेसिया प्रबेश गर्नु अहिलेको जस्तो सहज कहा थियो र ! त्यो समयमा मलेसिया सरकारले नेपाली कामदारहरु लाई वैधानिकता दिई सकेको थिएन। जसको बाबजुध पनि ऊनी एक दलालको साथ लागेर थाइल्यान्डको बाटो हुँदै अवैधानिक रुपमा मलेसिया आइपुग्नु भएको थियो ।त्यो बेलाको पीडा अनि दु:खद कुराको फेरि स्मरण गर्दै उहाले भन्नू हुन्छ डुङ्गा मार्फत केही घन्टाको समुद्री यात्रापछि मलेसियाको सिमाना नजीक आईपुग्न लाग्दा,पछाडिबाट एजेन्टहरुले धकेली दिएर पानीमा झार्थे। पौडी खेल्न जान्ने सहजै किनारमा निस्किन्थे तर पौडीन नजान्ने लाई निस्कन हम्मेहम्मे परेको ती कहालीलाग्दो क्षणहरु उनको मनमा अझै ताजा भएको बेदना युक्त भाव प्रकट गर्नु हुन्छ। हरेक पीडा दुख बेदना आफ्नो छाती भित्र लुकाउदै देखवटी बाहिरी फिस हासो हास्न बिबस हुनु हुन्छ।
सुर्यले नेपालमा देखेको सपना अनि यहाँ भोगेर देखेको सपना आकास पतालको फरक पाउछ।
आफ्नो भबिष्य परिवारको लागि दिन रात नभनी खट्दै महिनै पिछे आफ्नो तलब घर पठाउछ।
यस्तै क्रममा जब मलेशियामा अबैधानिक रुपमा रहेको कामदारलाई समात्ने सरकारको कार्य नीति हुदा आफ्नो जिउ जोगाउनेको लागि थाइल्यान्ड जानू भनी नेपाली दलाल नै केही आर एम लिएर भाग्नु । त्यति मात्र हैन आफुले जीवन भर सगै बाच्ने सगै मर्ने कसम खाई सिन्दुर लगाएको जिबन सङिनी बाट धोका हुनु साथै आफ्नो जन्म दिने बाबा गुमाउनुको पीडा सहदै आफू आफ्नो भबिष्य र आफ्नो छोरा छोरिको लागी प्रवासमा अझै आफ्नो पौरखी पसिना बगाउने कुनै रहर हैन बाध्यता हो।
मलेशियाको बाताबरण अनि बिकासको तिब्र रुप लिदै गरेको रमझम सहरमा उहाँ जस्ता कयौ सुर्य बहादुर यो प्रवासी भुमिमा आफ्नो ब्याथा अनि बेदना पीडा सगै लुकामारी गर्दै आफ्नो सपना सार्थक बनाउन दिन रात खटेको छ। तर भने जस्तो नहुदा पटक पटक सास्ती भोग्नु परेको पीडाहरु अनगिन्ती छन । यो हुनु सरकहोको वैदेशिक रोजगार सम्बन्धी सहि नीति कानुन नहुनु ।अनि भ्रष्टाचार दलाली एजेन्ट भनाउदा रक्त पिसासुको मिलि मतोमा लाखौ नेपाली युवा युबतिहरु बेचिनु परेको मुख्य कारण मनोपोली ढंगले करार पत्रमा सम्झौता गरिनु नै हो। करार पत्रमा तोकेको जस्तो सेवा, सुबिधा , तलाब नपाउदा कयौ नेपाली कामदार आफ्नो कम्पनी छोड्नु बाध्य हुनु परेको पीडा मलेशियाको मुख्य समस्या नै हो भन्दा फरक नपर्ला । यसै को चपेटामा परेको तथ्य सुर्य बहादुर जस्ता कयौ युवाले पुष्टि गरेको छ। यस्तै हरेक कारणले यो भुमिमा आफ्नो सुन्दर सपनाहरु सगै काम गर्ने क्रममा ज्यान गुमाउनु पुग्दा कयौ आमाको काख रित्तिनु पुगेकोछ भने कयौ बालबालिका टुहुरो बनेको छ त कयौ चेलीको सिउदो पुछिएको छ। आफ्नो भग्य निर्माणको लागि बिदेशी भुमिमा आफ्नो अ्मुल्य पसिना बगाउन बिबस छ्न हजारौं हजार युवा शक्ति बिदेश पलायन हुनुको पीडा छाति भित्र दन्किरहेको छ। बुढा बाबा बुडि आमाको सपना पूरा गर्ने अनि चुहिने छानो फेर्ने अठोटमा बिदेशी माटो टेकेको हुनेछ । तर नचाहदा नचाहदै पनि कयौले यहि माटोमा सदा सदाको लागि बिदा लिएको छ। हरेक महिना हरेक दिन हरेक बर्ष सुर्यले जस्तै आफ्नो मातृभुमी फर्कने सपना बोकेका कयौ सुर्य बहादुर भेटिन्छ।मलेशियामा । तर बिबस्ताको हुरिले जति जति घर फर्कने दिन नजिकिदै गर्दा मिति त्यतिनै पर पर सर्दै जाने गर्छ। अनि फेरि अर्को साल अर्को महिना अर्को दिन फर्कने अठोटको साथ पुन आफ्नो पुरानै कम्पनी पुरानै काम मा फर्किन बाध्य हुने गरेको छ। बाध्यतामा यहाँ भोलि बादको भक्त बनेका छन हजारौं हजार सुर्य हरु निरन्तर आफ्नो भबिस्यको खोजिमा आफू बेचिएर श्रम गरि रहेको छ सुनौलो भबिस्यको सपनासगै आफ्नो जवानी बैँस बेचिरहेछ दसकौ दसक सम्म पनि
आफ्नो जन्म भुमिमा फर्कने बाचा गर्दै निरन्तर रमाइ रहेछ। खटी रहेछ। बाध्यता भित्रको आफ्नै छुट्टै सन्सार भित्र ।

Comments (0)
Add Comment