मधेस प्रदेशराजनीतिसमाचार
मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। 
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयमा आज बोलाएर यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो। 
प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्री नियुक्त भएसँगै अब उनले संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। 



