भरतपुर महानगरद्वारा खेलाडी भट्ट सम्मानित।

क्वालालम्पुर (मलेसिया):= प्रवास मलेसियालाई कर्मथलो बनाइ नेपाली खेलकुद क्षेत्र तेक्वान्दो खेलमा पुर्याएको योगदानको कदर गर्दै भरतपुर महानगरपालिका ले चितवन खैरहनी–१० निवासी नेपाली खेलाडी सन्तोष भट्टलाई सम्मान गरेको छ ।

सोमबार महानगर परिसरमा आयोजित एक कार्यक्रमका बीच महानगर प्रमुख रेनु दाहालले प्रवास मलेसियामा बसेर पनि तेक्वान्दो खेलमा उच्च योगदान पुर्याएको भन्दै खेलाडी भट्टको प्रशंसा गर्दै सम्मान पत्र प्रदान गरि दो-सल्ला ओढाइ सम्मान गरेको हो ।

 

बिगत कैयौं बर्षदेखि मलेसियामै होटल ब्यावसायसंगै यहाँ आयोजना हुने गरेका अन्तर्राष्ट्रिय स्तरका विभिन्न तेक्वान्दो प्रतियोगितामा भाग लिएर भट्टले स्वर्ण पदक , कास्य पदक समेत जितेका छन् । भट्ट नेपाली तेक्वान्दो संघ मलेसियाको संयोजक , हिमालयन एकेडेमी मलेसियाको अध्यक्ष समेत हुन ।

Comments (0)
Add Comment