पर्सा
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दी यस पटक फेरी पनि प्रदेशका उम्मेद्धार छन् । मधेस आन्दोेलनमा मुख्य भुमिका खेलेका प्रदिप यादवले संघमा र लालबाबु राउत गद्दीले प्रदेशमा समेत उम्मेदवारी दर्ता गराएका हुन ।
मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा पर्सा जिल्लाको क्षेत्र नम्बर १ को (ख) बाट मुख्यमन्त्रीलाई चुनाव जित्न त्यति सहज भने देखिएको छैन । उम्मेदवारी दर्ता गराएपनि क्षेत्र नम्बर १ का मतदातामा विभिन्न असन्तुष्टी देखिन थालेको छ ।
निर्वाचनको समयमा मिठो मिठो भाषा प्रयोग गर्दै सोझा साझा नेपाली जनतालाई झुक्याउदै निर्वाचित हुने गरेको र निर्वाचित भइसके पश्चात भ्रष्टचार गर्न कुनै कसर बाकी राख्ने नगरेको भन्दै आलोचना भईरहेको छ ।
मुख्य मन्त्री लालबाबु राउत गद्दी माथि विभिन्न प्रकरणमा भ्रष्टाचारको आरोप पनि लागेको छ भने मुख्यमन्त्री बने पश्चात आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई सन्तुष्ट हुनेगरि काम नगरेको कारण पनि जनता सन्तुष्ट नरहेको देखिन्छ । मधेस आन्ँदोलनमा भुमिका निर्वाह गरेकै कारण मत दिएर उक्त क्षेत्रका जनता निर्वाचित गराएको र मधेसको नाममा राजनीति गरी मधेसका जनता संगै खेलवाड गरेको कारण यसपालिको निर्वाचनमा पराजित हुने प्रब्बल सम्भावना देखिएको जनताको अभिव्यक्तिले प्रष्ट पारेको छ ।
को हुन मुख्यमन्त्री लालबाबु राउत गद्दी ?
शुरुमा मुख्यमन्त्री राउत ठाकुरराम बहुमुखी क्याम्पस र वीरगन्ज स्थित मेडिसिन क्याम्पस अर्थात नर्सिक क्याम्सको अँग्रेजी विषयको प्रध्यापक थिए । वीरगन्ज महानगपालिकामा नेपाली कांग्रेसका तत्कालीन मेयर माधवलाल श्रेष्ठ र उपमेयर अजय द्धिवेदीको पालामा महानगरपालिको अधिकृत तहमा स्थाई रुपमा भर्ना भएका थिए । शुरुमा तीन ठाउँमा जागिर गर्दै आएका राउत पछि एक ठाउँमा मात्र जागिर गर्न पाउने अनिवार्यता लागेपछि उनी महानगपालिको जिन्सि शाखाको प्रमुख हुँदा मोनामी पेन र व्हिल वेयरो खरिद भ्रष्टाचार काण्डमा अख्तियार अनुसन्धान आयोगको छानविनमा निलम्बनमा परेका थिए ।
मुख्यमन्त्री कार्यालयबाट संचालित पोखरी सौन्दर्यीकरण अन्तर्गत निर्माण कार्य शुरु गरि अलपत्र छाडिएको नगवा पोखरी । महानगरापलिकाबाट निलम्बित रहेकै वेला शुरु भएको मधेश आन्दोलन पछि उनी तत्कालीन मधेशी जनअधिकार फोरममा प्रवेश गर्दै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए । राजनीति सक्रियतासँगै चलिरहेको बिशेष अदालतबाट उनी माथि वीरगन्ज नगरपालिकामा लगाइएको भ्रष्टाचारको मुदा बिशेष अदालतबाट सफाई पाएपनि उनी महानगरपालिकाको जागिरमा पुनः फर्किएनन् ।
त्यस पश्चात २०७४ सालको सविधान सभामा उनी पहिलो पटक समानुपातिकबाट सविधान सभा सदस्य बनेका थिए तर आफु अधारित क्षेत्रमा खासै काम नगरेको कारण उनी प्रत्यक्ष चुनाव लड्न पर्साको क्षेत्र नम्बर १ को (ख) परिवर्तन गरि टिकट लिए । टिकट लिने बेलामा पनि उनी क्षेत्र नम्बर ४ को वासी भएकोले सोही क्षेत्रबाट निर्वाचन लड्न स्थानीय नेताहरुले दबाव समेत दिएका थिए तर मधेश आन्दोलनको माहोल नै जल्दोबल्दो रहेकोले उनी यसै क्षेत्रमा जित्न सक्ने देखेपछि क्षेत्र नं। १ को (ख) बाटै चुनाव लडे ।
संविधानको घोषणा र त्यसको बिरोधमा भएको मधेश आन्दोलन र नाकाबन्दीमा उनको सक्रिय भूमिका रहेकोले पनि उनी पर्साको क्षेत्र नम्बर १ को (ख) बाट प्रदेश सभाको निर्वाचन लडेर प्रत्यक्ष तर्फबाट प्रदेश सभा सदस्य चुनिए । त्यस पश्चात प्रदेश स्तरीय मन्त्रालय गठन भएपछि उनीलाई मुख्य मन्त्री चुनियो । पहिलो पटक मुख्य मन्त्री बनेपछि मुख्यमन्त्री कार्यालयबाट चलाइएकाअधिकांश परियोजनाहरुमा व्यापक भ्रष्टाचार भएको उनीमाथि आरोप लाग्यो ।
उनको सबै भन्दा लोकप्रिय रहेको ‘बेटी पढाउँ, बेटी बचाउ’ अभियान अन्तर्गत साइकल खरिद प्रकरणमा अख्तियारद्वारा मुद्दा दायर गरियो र मुख्यमन्त्री कार्यालयमा छापामारी समेत भएको थियो । वाँकी रहेका अरु फाइलहरुबारे अहिलेपनि अनुसन्धान चलिरहेको छ । मुख्यमन्त्री कार्यालयबाट भएको भ्रष्टाचारबाट आफु जोगिन लागि साइकल खरिद प्रकरणको फाइलबाट उनले गरेको टिप्पणी आन्देश सदरको कागज गायब नै गरि दिएको घटनाहरु प्नि सार्वजनिक भए ।
यसका साथै मुख्यमन्त्री पुर्ण रुपमा असफल रहेको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ र ‘बिमा प्रकरण’ का बारेमा अख्तियारद्वारा अहिलेपनि अनुसन्धान भइरहेको छ । त्यसका साथै टावर लाइट खरिद, सहिद पार्क निर्माण, पोखरी सौन्दर्यिकरण, मठ मन्दिर सौन्दर्यीकरण लगायतका कतिपय योजनाहरु अहिले पनि अधुरै छन् । वीरगंजको मुर्ली तथा नगवा स्थित रहेको पोखरी अहिलेपनि अलपत्र अवस्थामा छन् ।
मुख्यमन्त्री कार्यालयबाट संचालित पोखरी सौन्र्दीकरण अभियान अन्तर्गत संचालन गरिएको योजना अलपत्र नगवा पोखरी । एतिहासिक पोखरीलाई सौन्दर्यीकरणको नाममा तहस नहस बनाएर अहिले अलपत्र अवस्थामा छाडिएको छ । त्यसमा व्यापक भ्रष्टाचार समेत भएको मुख्यमन्त्रीमाथि आरोप पनि लागेको छ । मुख्यमन्त्री कार्यालयबाट चलेका अधिकाँश भौतिक निर्माणका कार्यहरु उनकै पार्टीका प्रदेश सभा सदस्य सिगांसन साह कलवार जसलाई मुख्यमन्त्री छाया भनेर पनि पर्सा जिल्लामा चिनिने गरिएको छ । जो एउटा पुराना ठुलो ठेक्केदार पनि हुन् । उनले नै मुख्यमन्त्रीको अधिकांश योजना पाएको कारण पनि योजनाहरु अधुरै रहेको छ । योजनाहरु अधुरो रहेको कारण यहाँका नागरिकहरु मुख्यमन्त्रीबाट असन्तुष्ट छन् ।
मुख्यमन्त्री राउतले आफ्नो श्रीमती र पिए समेत लाइ जिताउन सकेन भने यस चुनावमा कसरी जित्ने भनी स्थानीयहरुको गुनासो छ ।
राउत वीरगंजबाट निर्वाचित भएर मुख्यमन्त्री बनेपछि यस क्षेत्रको लागि खासै काम नगरेको र विभिन्न भ्रष्टाचार मुद्दामा मुछिएपछि वीरगंजबासीहरुले उनीमाथि रुष्ट छन् । त्यसमा पनि मधेश प्रदेशको मुख्यमन्त्री भएकै बेला वीरगंजलाई राजधानी बनाउन पहल नगरि चुप लागेर बसेको भन्दै बीरगञ्जवासी आक्रोशित भएका थिए । त्यसको असर पनि निर्वाचनमा देखिन सक्नेछ ।
साभार: मिरमिरे अनलाइन