कथा
” कठै म प्रदेशी”: विप्लवी तेन्जु योन्जन
समय सगै बिकास र परिबर्तन हुँदै जादैछ गाउँ पनि केही बिकास हुने क्रममा छ। वारि देखि पारी गाउँका डाडाहरुमा लामो अनि काङ्गाङ कुन्लिङ्ग सडक बिस्तार हुँदै छ। सडकका रेखाहरु देखिन्छ।तर पहाडी इलाक भएकोले हिउँदमा खनेका सडक बर्षाको समय बाढी पहिरोले एकै गाउँ बगाउँदा बिरक्त लागेर आउँछ। परिवर्तनको खातिर कयौं पटक देशमा विभिन्न काल खन्डमा विभिन्न नामबाट क्रान्ति नभएको हैन सडक देखि सदन सम्म आन्दोलन भयो । आन्दोलन भयो आन्दोलनले केही परिवर्तन ल्यायो । सत्ता परिबर्तन भयो। ब्याक्ती परिबर्तन भयो पार्टी दल परिबर्तन भयो त्यति मात्र हैन संविधान संसोधित भयो तर प्रवृत्ति परिबर्तन भएन तसर्थ मुलुकमा सधै भ्रष्टाचार दलालहरुको हैकममा चली रह्यो।संविधानको पाना दफा उपदफामा परिवर्तन भयो तर ब्याबहारिक रुपमा उहीँ पुरानै शैली पुरानै प्रवृत्ति पुरानै निती पुरानै बिचारले ग्रसित कुर्सिमा पुगे पछि आम जनताको अमुल्य मतको औचित्य हिन भएको हो भन्दा कुनै दुबिधा छैन। प्रजातान्त्रिक गणतन्त्र उदय भएको दुई दसक सम्म पनि आफ्नो देशमा रोजगारको अवसर नभए पछि आफ्नो परिवार र आफ्नो भविष्य निर्माणको निमित्त साथै आफ्नो छोरा छोरिको गुणस्तर शिक्षाको लागि बैकल्पिक रोजगारको लागि वैदेशिक रोजगारको निमित्त बिदेसिन रहर हैन बाध्यता हो यस्तै क्रममा गाउँ वल्लो घरे माइलादाई पल्लो घरे साईला दाइ बिदेश गएर महिनामा पैसा पठायो रे यति पठायो रे उति पठायो रे फलानोको छोराले यसो गर्यो रे
यस्तै यस्तै सुनिन्थ्यो गाउँ भरि
त्यही सोचेर म पनि गाउँबाट मिठो सपना बुन्दै सुन्दर भविष्यको
कल्पना गर्दै बिदेश जाने निर्णय गर्दै परदेश लागेको हिजो जस्तो लाग्छ। तर दुई दशकको नजिक पुगेको थाहै भएन ।
आज सम्म पनि म परदेश मै अरुको इसारामा यंत्र चालित गुडिया झै चलिरहेछु ।
गन्तव्यमा पुग्ने बहानामा
अनबरत चलिरहेछु ।
वाह परदेश !
न रात न दिन, झलमल्ल बत्ती
एसीको चिसो हावा, मोज त कती हो कती
वाह प्रदेश ! कठै म प्रदेशी !!
मान्छेहरुले सोच्लान
त्यसको मोज छ यसो छ
उसो छ तर पीडा बेदना
जो परदेशी भएको छ
उसैलाई मात्र थाहा छ।
म जस्ता ७० लाख युवा युवती बिदेशी भुमिमा
सहुलियत मुल्यमा श्रम बेची देशको आधा अर्थतन्त्र धान्नेहरुलाई
सोधि हेर परदेशको पीडा कस्तो हुन्छ।
न भोक न प्यास !
तातो हावा पसिना खलखली
अनगिन्ती सपना,
घर–परिवार आँखामा झलझली
आज एक छिन बसौं भन्यो,
भोली पनी बाँच्नु छ
मन रुन्छ, घाँटी सुक्छ
तर पनि जिवन साँच्नु छ
यहाँका निर्दयी दुई खुट्टे प्राणीहरुको सोसण, दमन
भोली आउँछ आउँदैन सिरमा बाँधिएको छ कफन
जति जे गरे पनि सोचेका सबै सपना जस्तै हुन्छन्
आखिर भोगाईहरु जति त आँखा सँगसँगै रुन्छन्
आवश्यक अनन्त हुन्छ
अति आबश्यकलाई
प्राथमिकता दिने अर्थशास्त्रको नियम पालना गर्दै गणितिय हिसाब जोड घटाउ गुना भाग गर्दा गर्दै
जिन्दगीका आधा
उमेर प्रदेशमा सकिएको थाहै भएन ।
आज भोलि भन्दा भन्दै
यति कमाउँ उति कमाउँ, भन्दाभन्दै बर्षौ बित्छ
ज्यान भरिको तौल दुईचार सिक्काले जित्छ
कुरा गर्यो कुरैको दुख भनेझैँ छ प्रदेशी यात्रा
केवल दुखमा घरको याद, सुखमा जात्रैजात्रा
देख्ने लाई मोज मस्ती अनेक गफगाफ हुन्छ
भोग्नेहरु को यहाँ हरपल,हरक्षण मन रुन्छ
वाह प्रदेश ! कठै म प्रदेशी !!
फेरी घुमेर आउने त घडीको सुई मात्र रहेछ, जिवन त जाने मात्र कठैबरा ! साँच्चै गरिब देशका गरिब नागरिक हामी जब मिठो लाउँला मिठो खाउँला भनेर परदेश यो मुग्लानी भूमिमा अवतरण हुन्छौं तब देखि नै जति ठुलो दुखकष्ट परे पनि दुईचार हजार पैसा कमाउने आशाले मनभरि हजारौं सपनाहरु सजाउँछौं, खासमा दुःख परेर परदेश पस्छौं तर स्वदेशको भन्दा पनि दुई गुणा दुख भोग्नेहरु पनि छन् । महिनामा ३० दिन दिनको १२, देखि १८ घन्टा सम्मा मेसिन झै खट्दै रगत पसिना बगाएर एक दिनको खुशि पर्खेर बस्छौ अथवा भनौं कुनै पनि दुख पिडा लाई मनमा नराखी केवल पारिश्रमिक कुरेर बसेका हुन्छौं र त्यो दिन पनि आउँछ, धेरथोर भए पनि गोजी भरिन्छ र महिना भरिको दुख भुलिदिन्छौ तर अर्को दिन पैसा घरमा पठाउनु पर्ने हुन्छ र फेरि तेस्रो दिनबाट अर्को तलब पाउने दिन कुर्न सुरु हुन्छ । यसरी नै दिन महिना बर्षौ बित्छ । अँझै त्यसैमा कति ठाँउमा त मालिकले काम गरे बापतको पैसा नदिदा मुटु भक्कानिएर आउँछ, साहूलाई काटेर चल्दिउँकी जस्तो पनि लाग्छ तर के गर्नु आफ्नो देशमा सानो गल्तिलाई माफ गर्न नसक्ने हामी परदेशमा हदैसम्मको गल्ती गरेको देख्दा पनि सहेरै बस्न बाध्य हुन्छौं । आखिर यस्तो पिडा कस्ले बुझ्ने ?
भोग्नेलाई मात्र थाहा होला कि रगत बग्ने चोट भन्दा बढि दुख महसूस हुन्छ । सायद दुख नै पैसाका लागी गर्छौ, घर–परिवार सबथोक भुलेर हाम्रो ध्यान पुरै रुपमा कर्ममा दिन्छौ तर अन्तिममा पैसा नै नपाउँदाको पिडा स्वयंम व्यक्तिलाई थाहा हुन्छ । यस्तै भिन्न–भिन्न समस्याका बावजूद पनि दुई दशकको नजिक बर्ष बिताउन बाध्य कठै म जस्ता लाखौं सार्वभौमिक देशका गरिब जनता ! भनिन्छ सोच्नु र लेख्नुको सीमा हुँदैन । त्यस्तै हामी परदेशीको दुखको पनि सीमा नै छैन । त्यसैले म कसरी लेखेर सकुला र परदेशीको कथा व्यथा ! जुन पिडा लाखौंलाख परदेशीको मनले हजारौं गुणा भोगेको हुन्छ । भोगिरहेको हुनेछ।
अचम्मैको दुख मात्र कहाँ हुन्छ र यहाँ ! घरबाट निस्किदा बोकेका हजारौं सपनाहरुको हत्या प्रदेशमा हुदा तथा भनेको तलब भनेको काम नहुदा काम नजान्दा वा अकास्मत मेसिनबाट ज्यान गुमाउदा कयौं बालबालिका टुहुरो बने कयौं आमाको काख रितिएको छ त कयौं दिदी बहिनिका सिउदो फुछिन बाध्य भएको छ। धन कमाउने आशै आशमा बर्षौ बित्छ र अन्तिममा घर फर्कने समय आउँदै हुन्छ त्यस्तो समयमा पनि आश र साससँगै मेटेर संसार छोड्नु पर्ने ठाँउ हो परदेश । जतिसुकै नयाँ प्रविधि र सेवा सुविधाले सम्पन्न किन नहोस परदेश, हामी प्रदेशी कामदारका लागि अँधेरोमा ओरालो झरे जस्तै हो । लडेर पनि तलै झर्ने, हिडेर पनी तलै झर्ने । देखाई र भोगाईको जिवन कति फरक छ त्यो त हामी प्रदेशी लाई मात्र थाहा होला ।
(प्रसंगवश) हालको स्थितिको मुलुकको
खस्किदो अवस्था अझै यो विषम परिस्थिति भित्र कोरोना कहर काटिरहेका हामी गरीब प्रदेशीको भन्दा कम्ता कहाँ छ र । समस्या नै समस्याको हाम्रो देश र हामी जनता । परदेश नेपालको तुलनात्मक अध्ययनले के भन्छ भने यहाँका मान्छेहरु विज्ञ छन् र हरेक प्रकारले सुविधा सम्पन्न छन। त्यसैले पनी अधिकांश मान्छे सजिलो र छरितो पैसा कमाउन सकिने भएकोले नेपालमै केही गरेर बस्न सक्ने भए पनि प्रदेश नै रोज्छन् । त्यति मात्र कहाँ हो र । भएको सरकारी जागिर समेत छोडेर प्रदेश भासिन्छन् । यो विडंबनाको कारण सायद नेपालको महंगो जागिर, महंगो सुविधा तर सस्तो आम्दानी नै होला जस्तो लाग्छ । त्यसैले पनि नेपालमा रोजगारी छैन त्यसैले प्रदेशी हुन्छौ भन्न छोडौ होला अब त पैसा छैन भन्नुस सुहाउँछ। कहिले काँही त यस्तो सोच्न पुग्छु की यदी अमेरीका यूरोप नजिकै भैदिएको भए कसम नेपालमा कर्मचारी नै हराउँथे होला । नेपालका सरकारी कर्मचारीको तलव मासिक १२ देखी बढीमा २५ हजार होला । यो परदेशमा सामान्य व्यक्तिले कमाउने तलव भन्दा कम हुन आउँछ । अब भन्नुस् कसरी नेपालमा काम गरेर बसुन । रोजगारी पाएका व्यक्तिहरु त विदेशीन्छन् भने हामी गरीब जो सँग रोजगारी नै छैन त्यस्ता मान्छे ले कसरी देश बनाउने सपना देख्ने र कसरी देशमा केही गर्ने सोच राख्नेरु नेताहरु ले देश फर्क देश बनाउने युवाहरुले नै हो भनेर भाषण गरे जस्तो सजिलो छ र । देशमा फर्कने ईच्छा कुन परदेशी को नहोला र विदेशमा दुख छ थाहा हुँदा हुँदैको मुर्ख प्रदेश पस्ला । यदि नेताहरुले बोल्ने हो भने पहिला नेपालमा रोजगारीको अवस्था सृजना गरुन अनि मात्र लाखौँ युवाहरु स्वदेश फर्कने छन् । केवल भाषणमा मात्र स्वरोजगार हैन । ब्याबहारिक होस। आम जनता आत्मा निर्भर्ता हुने वातावरण होस । उखान तुक्का र खोक्रो भाषणमा सिमित नहोस । नत्र भने सयकडा दस ब्याज लगाएर ॠण गरि गरि बल्ल तल्ल बिदेश पुगेर जसो तसो परिवार पालीरहेका गरीबलाई नेपाल फर्काउने सपना नदेख फेरी अर्को ॠण थपिने डर हामी प्रदेशी लाई छ ।
र फेरी पनि साँच्चै यदी नेपाली नेताहरुले बोल्ने भाषणलाई व्यवहारमा उतार्न चाहन्छन् भने रोजगारी सँगै उचित तलव र सेवा सुविधा दिलाईयोस् । काम अनुसारको मुल्यांकन होस्, माथिल्लो स्तरको कर्मचारीले बसि बसि पैसा बटुलोस तर तल्लो स्तर को कामदारले रगत पसिना बगाएर पनी बाल बच्चा अर्थात परिवार पाल्न मुस्किल नहोस् । जस्तो सुकै होस् तर परिवारसँग बसेर खान लाउन पाईयोस् ।
यथार्थमा
गर्छौं भनेर अगुवाई गर्नेहरु तिमी नेताहरु नै त हौ । गरे के पो नहुने छ र, हिजो नेपाल टुक्कीको सहारामा उज्यालो हुन्थ्यो अहिले केही प्रतिशत भए पनी विधुतिय उज्यालो त छ । हजारौं बर्षसम्म प्रयोग मात्र गरिरहे पनि पुग्ने स्रोतसाधन प्रशस्त छ। खासमा नेपाल का नेता भनाउदाहरु ले बाटो औँल्याईदिए मात्र पुग्छ, वातावरण श्रृजना गर्दिनु पर्यो ।
आज भोली भन्दै ८ र १० बर्ष बस्ने बाध्यताबाट छुट्कारा मिल्थ्यो की भन्ने आश परदेशिले गरेको बर्षो भयो। परदेशी हुन रहर होईन कहरको भुमरी हो । यो भुमरीबाट छुट्कारा पाउने बाटो र अवस्था श्रृजना होस।
र फेरी पनि मेरो प्रश्न ।
म जस्ता ७० लाख प्रवाशी गरिब युवा युवतिहरुका अनगिन्ती सोच र सपनाहरु प्रदेश मै निर्भर कहिले सम्म ……?
हाल : प्रवास