रौतहटबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ

कार्तिक १९ रौतहट ___ रौतहटबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। पेस्तोल र गोलीसहित पक्राउ पर्नेमा भारत बिहारको समस्तीपुरमा ४२ वर्षीय राजेश सिंह रहेका छन्।उनलाई सोमबार बिहान चेकजाँचको क्रममा रौतहटको राजदेवी नगरपालिका–९ ब्रहमपुरी टोलबाट पेस्तोल र गोलीसहित सशस्त्र प्रहरी बेलबिछवाको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका सिंहको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा लाग्ने आठ एमएमको तीन थान गोली र एक राउण्ड खोका बरामद गरिएको सश्स्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका सिंहलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइने सशस्त्र प्रहरीले जानकारी दिएको छ।

Comments (0)
Add Comment