कलैया , १६ कार्तिक
बाराको सिमावर्ती क्षेत्र कवहि गोठ नाकाबाट तस्करी फस्टाएको छ। उक्त तस्करी कार्यलाई ईलाका प्रहरी कार्यालय कवहिगोठ र सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट कवहिगोठको पुर्ण सहयोग रहेको उजागर भएको छ।
उक्त नाकाबाट हुने तस्करीको मालसमान बिहान बेलुका , राति र दिउँसो गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा निर्वाध रुपमा बरियारपुर बजारसम्म पुग्ने गरेको जानकारी प्राप्त भएको छ।
उक्त नाकाबाट तस्करी हुनेमा कपडा र हार्डवेयर समान , कस्मेटिक समान सहित हुण्डीको कारोबार समेत फष्टाएको छ। तस्करी सहित हुण्डी कारोबारमा प्रहरीको पुर्ण सहयोग रहेको छ।
कबहिगोठ नाकाबाट हुने तस्करीको मालसमान बोडर आउट पोष्ट कबहिगोठ, ईलाका प्रहरी कार्यालय कवहिगोठ , सुरक्षा बेश क्याम्प तेलकुँवा , प्रहरी चौकि तेलकुँवा , सुरक्षा बेश क्याम्प बरियारपुर र प्रहरी चौकि बरियारपुरलाई तस्कर समुहले नजराना बुझाएकै कारण सजिलै बरियारपुर र गँजभवानीपुरसम्म पुग्ने गरेको प्रत्यक्षदर्शीहरुले नै बताउने गरेका छन्।
त्यति मात्र होईन , नेपाल सरकारले बिस्फोटक पदार्थ ( पटाका ) पुर्ण रुपमा बन्देज गरेको छ। तर सोहि नाकाबाट भित्रिएको पटाकाहरु कवहिगोठ देखि बरियारपुर, गँजभवानीपुरसम्म हाल खुल्लेआम बिक्रि बितरण भईरहेको दृश्य हेर्न सकिन्छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका यि युनिटहरु मासिक नजराना लिएकै कारण रातको समय सँगै दिनदहाडै तस्करीको मालसमान मोटरसाइकलको माध्यमबाट ढुवानी हुने गरेको छ। भने रातिमा मोटरसाइकलहरुको लर्को नै लाग्ने गरेको स्थानीयहरु बताएका छन्।
यस बिषयमा बोडर आउट पोष्ट कबहिगोठको ईन्चार्ज सशस्त्र प्रहरी निरिक्षक रामेश्वर रामसँग कुरा गर्दा अहिले चाडपर्व तिहारको समय भएकोले आफुहरु डियुटी गरीरहेको बताएका छन्। साथै कहिले काँही यसो भेट्न आउन आग्रह समेत गरेका छन्। त्यस्तै ईलाका प्रहरी कार्यालय कवहिगोठको ईन्चार्ज खडक बहादुर खड्कासँग केहि अगाडि कुरा गर्दा कबहिगोठको ऐरिया ठुलो भएकोले आफुहरु समाजमा शान्ति सुरक्षा ब्यवस्थापन गर्नुको साथै तस्करी कार्यलाई समेत निरुत्साहित पार्न प्रयास जारी राखेको बताएका छन्। साभार: शुभ आरम्भ राष्ट्रिय दैनिक