सामाजिक सुरक्षा कोषसम्बन्धी छलफल सम्पन्न

क्वालालम्पुर:Global IME BANK को आयोजनामा सामाजिक सुरक्षा कोषसम्बन्धी विशेष छलफल कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र वरिष्ठ सहायक निर्देशक प्रेम बहादुर महतको विशेष उपस्थितिमा सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया भएको थियो।

अन्तरक्रिया क्रममा सामाजिक सुरक्षा कोषमा सदस्यता लिने तरिका, भुक्तानीका प्रक्रिया, भविष्यमा प्राप्त हुने लाभ, बेरोजगारी, रोग वा आकस्मिक अवस्थाहरूमा प्राप्त हुने सुविधासम्बन्धी विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले प्रश्न राख्दा उच्च पदस्थ अधिकारीहरूले प्रत्यक्ष जवाफ दिँदै धेरै भ्रम निवारण भएको बताएका छन्।

कार्यक्रममा उपस्थित एक सहभागीले भने, “सामाजिक सुरक्षा कोषबारे पहिले धेरै अस्पष्टता थियो तर आजको छलफलले हामीले व्यावहारिक पक्ष प्रस्ट बुझ्न पायौं।”

यस किसिमको कार्यक्रमको सफल संयोजन मिलाइदिनु भएका बाबुराम पौडेलप्रति सहभागीहरूद्वारा विशेष आभार व्यक्त गरिएको छ। आयोजक पक्षले आगामी दिनमा पनि यस प्रकारका ज्ञानवर्धक कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Comments (0)
Add Comment