भारतले घरेलु मैदानमा २५ बर्षपछि गुमायो टेस्ट सिरिज

कार्तिक १८ एजेन्सी___  भारतले घरेलु मैदानमा २५ बर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ ।आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो ।यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो । यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिंगमा २३४ रन बनाएको थियो भने भारतले २६३ रन बनाएको थियो ।

त्यसपछि न्यूजील्याण्डले दोस्रो इनिंगमा १७४ रन बनाएपछि भारतले १४७ रनको लक्ष्य पाएको थियो । १४७ रनको लक्ष्य प्छाएको भारत १२१ रनमा अल आउट भएपछि न्यूजील्याण्ड २५ रनले विजयी भएको थियो ।योसँगै ३ खेलको टेस्ट सिरिज न्यूजील्याण्डले क्लीन स्वीप गरेको छ ।

Comments (0)
Add Comment