भारतमा एकै दिन साढे चार लाख यात्रुले गरे उडान, आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान

एजेन्सी
एकै दिन साढे चार लाख भारतीय नागरिकले हवाई यात्रा गर्दा भारतको आन्तरिक हवाई सेवामा नयाँ कीर्तिमान बनेको छ । गएको आइतबार (अप्रिल ३० तारिखमा) एकै दिन ४ लाख ६६ हजार ८२ यात्रुले उडान गरेपछि आन्तरिक हवाई सेवामा एकै दिन सबैभन्दा धेरै व्यक्तिले उडान गरेको कीर्तिमान बनेको हो ।

दुई हजार ९ सय ७८ उडानमार्फत् यो रेकर्ड बनेको भारतका उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले ट्वीट गरी जानकारी दिनुभएको छ । कोरोना महामारीपछि आन्तरिक यात्रुको सङ्ख्या बढ्दै गएको र यसले भारतको आर्थिक सुधारलाई देखाएको उहाँको भनाई छ । यसअघि इन्टरनेस्नल एअर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) को एक विवरणले भारतमा आन्तरिक उडानमा हुने यात्रा महामारी अघिको अवस्थामा फर्कन थालेको देखाएको थियो ।

कोरोना महामारीका बेला दुई वर्षसम्म कुनै पनि वृद्धि थिएन तर अहिले यात्रुको उडान बढिरहेको उड्डयन विश्लेषक मार्क मार्टिनलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

Comments (0)
Add Comment