२०७६ साल देखि चीनले गरेको नाकाबन्दी बारे किन मौन कम्युनिस्ट नेता , बिस्तारै आफै नाका खोल्दै

 काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । १५ चैत (२९ मार्च) मा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।शनिबार देखी ३ बर्ष सम्म बन्द गरेको नाका संचालन आइसकेको छ ।

तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो । अब सबै नाका खुल्दै जाने मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा.नारायणप्रसाद रेग्मीले बताए ।

नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी रुपमा खुला हुने भएको छ । भन्सार कार्यालयका अनुसार चीनले १८ वैशख (१ मे ) बाट नाकाको व्यापार दोहोरो सञ्चालन गर्नेगरी तयारी गर्न सूचना पठाएको छ ।

चीनले बिस्तारै सबै नाका सहज बनाउने नीतिअनुसार आयातको कोटा प्रणाली समेत हटाएको प्रमुख भन्सार प्रशासक दयानन्द केसीले बताए ।

वाणिज्य मन्त्रालयकाअनुसार अब सबै नाका खुलाउने नीतिअनुसार क्रमैसँग चीनले नाका खोल्ने समझदारी गरेको छ । ‘क्रमैसँग नेपालसँग जोडिएका नाका पूर्ण रुपमा खुलाउने चिनियाँ नीतिअनुसार हिल्सा नाका खोल्न चीन सहमत भएको छ,’ सहसचिव रेग्मीले भने, ‘मे एक अर्थात १८ वैशाखबाट व्यापार तथा मानव आवाजावतमा सो नाका पूर्ण रुपमा सञ्चालनमा आउने छ । अन्य नाका पनि खुल्दै जाने छ ।’ हाल हिल्सा नाका २०७६ चैत ११ देखि पूर्ण रुपमा बन्द छ भने सिन्धुपाल्चोकको तातोपानी नाका एकतर्फी रुपमा सञ्चालनमा छ । अनलाइनखबर

 

Comments (0)
Add Comment