वीरगञ्ज, २९ कार्तिक
पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनल घरदैलो अभियान लाई निरन्तर दिदै आज प्रसौनी गाउँपालिका वार्ड नं. १ नकटुवा प्रसौनी पुगेका हुन् । बारा क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनलले प्रसौनी गापा वार्ड नं. १ नकटुवा प्रसौनी चुनावी प्रचार प्रसार एवम् मतदातासँग भेटघाट गरेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनबाट बारा २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार पुर्व मन्त्री सोनलले प्रसौनी गापा वार्ड नं. १ नकटुवा प्रसौनी पुगि मतदाताहरुसँग साईकलमा मतदान गर्ने अपिल समेत गरेका छन् ।
सँधै जनताकै सेवामा सक्रिय रहेको हुँदा यस क्षेत्रका लागि कुर्मी नै योग्य उम्मेदवार भएको प्रसौनी गाउँपालिका वार्ड नं. १ नकटुवा प्रसौनी मतदाताको प्रतिक्रिया छ । पुर्व मन्त्री सोनलले भन्ने साइकल छापमा मतदान गरेर आफुलाई भारी मतले विजयी बनाउन उनले आग्रह गरेका छन् । चुनावी प्रचारप्रसारलाई निरन्तरता दिँदै सोनलले आफुले यसअघिको कार्यकालमा गरेका कामको मूल्यांकन गरेर मतदान गर्न मतदातासँग अपिल गरेका छन् ।
पुर्व मन्त्री जितेन्द्र सोनललाई पाँच दलीय गठबन्धनको साथ भएको हुँदा उनको जित सुनिश्चित भएको उनीहरुको भनाई थियो । सो चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रम बाम लोकतान्त्रिक गठबन्धनका नेता कार्यकर्ता हरुको उलेख्निय सहभागिता रहेको लोसपाका युवा नेता रमेश सरार्फले बताए