रौतहटमा हावाहुरीको कारण विद्युत् सेवा अवरुद्ध ।

- राजकुमार यादव

बुधवार रातिदेखि रौतहटमा विद्युत् सेवा अवरुद्ध भएको छ। ‎
विद्युत् प्राधिकरण कार्यालय मौलापुरका अनुसार हावाहुरीसहितको वर्षा र चट्याङ्का कारण चन्द्रनिगाहपुरमा १३२ केभी लाइनमा समस्या आएको हो । उक्त समस्याका कारण रौतहटको मौलापुर लगायत अन्य ठाउँको लाइन अवरुद्ध भएको थियो । विहिबार विहान ७ बजे देखी चन्द्रनिगाहपुर र हर्षाहा सम्म लाईन सुचारू गरिएको मौलापुर वितरण शाखाका कर्मचारी महेश कामतीले जनकारी दिनु भयो ।


हर्षाहा देखी मौलापुर वितरण केन्द्र सम्म ३३ केभी लाईन अवरुद्ध रहेको छ । ‎‎‎कहाँ क्षति भएको छ भन्ने विषयमा कार्य भइरहेको छ । खोजी गर्ने क्रममा देवाही गोनाही स्थित ३३ केभी लाईनमा समस्या देखिएको छ । अहिलेसम्म क्षतिग्रस्त स्थान पत्ता नलागेका कारण विद्युत् सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ ।

Comments (0)
Add Comment