एक घरमा आगलागी हुँदा लाखौंको क्षति

कलैया : बाराको कलैयामा बिहीबार राती एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर –६ पर्सा टोल वडा कार्यालय नजिकै बस्ने जगत नारायण पण्डितको घरमा आगलागी भएको हो ।

राती करिब ९ बजे समयमा घरको लाईन सर्ट हुँदा उक्त आगलागी भएको पीडित परिवारले बताएका छन् ।

आगलागीबाट मानविय क्षति भएको छैन भने लाखौंको मालसामान जलेर नष्ट भएको वडा नम्बर ६ का वडा अध्यक्ष रामबिश्वास ठाकुरले जानकारी दिनु भएको छ ।

आगलागीबाट घरभित्र भएको खाद्यान्न,लत्ताकपडा,तयार पारिएका माटोको भाडो,सुपर स्पेलेन्डर मोटरसाइकल,माटोको भाडो बनाउने मेसिन,भाँडावर्तन लगायतका अन्य सामग्री अनुमानित करिब १० देखि १२ लाख रुपैयाँको क्षति भएको पीडित पण्डितले बताए ।

घटना बारे प्रहरीबाट विवरण हालसम्म प्राप्त भएको छैन ।

Comments (0)
Add Comment