रोल्पाली सेवा समाज मलेसिया, क्षेत्रीय समिति पेनाङको २२ सदस्यीय कार्यसमिति गठन।

32

पेनाङ (मलेसिया) – हालै सम्पन्न भेलामार्फत रोल्पाली सेवा समाज मलेसिया, क्षेत्रीय समिति पेनाङले आफ्नो नयाँ २२ सदस्यीय कार्यसमिति घोषणा गरेको छ। नव–निर्वाचित समितिले “रोल्पाली पहिचान, एकता र सहकार्यका लागि सामूहिक अभियान” भन्ने मूल नारासहित तीन वर्षे कार्ययोजना सार्वजनिक गरेको छ।

कार्यक्रममा उपस्थित वक्ताहरूले प्रवासमा रहेर पनि आफ्ना मौलिक संस्कृति, भाषा, र सामाजिक उत्तरदायित्वलाई जोगाउँदै समाजसेवामा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न क्षेत्रका अग्रज रोल्पालीहरू, समाजसेवी, व्यवसायी तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। प्रमुख अतिथिको रूपमा रोल्पाली सेवा समाज मलेसियाका केन्द्रिय अध्यक्ष तिपेन्द्र बुढामगर ज्युले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराएर नियुक्ति पत्र हस्तान्तरण गरी बधाई दिँदै भन्नुभयो—

“रोल्पालीको एकता भनेको केवल नामको होइन, भावनाको सम्बन्ध हो। पेनाङमा रहेको यो समिति प्रवासमा सामाजिक एकताको उदाहरण बन्न सक्छ।”

त्यस्तै, नया निर्बाचित पेनाङ क्षेत्रीय समितिका अध्यक्ष दिपेन्द्र बुढा मगरले आफ्नो उद्घाटन मन्तव्यमा भनुभयो—

“यो समिति कुनै औपचारिकता होइन, जिम्मेवारी हो। हामी सबैको सहयोग र सुझावले मात्र हाम्रो समाज सशक्त बन्न सक्छ।”

समाजका अनुसार, निकट भविष्यमा रोल्पाली समुदायका बालबालिकालाई नेपाली भाषा, संस्कृति र इतिहासबारे जानकारी दिने ‘रोल्पाली पहिचान कार्यक्रम’, साथै आर्थिक सहयोग आवश्यक परेका सदस्यहरूका लागि ‘सहयोग कोष’ सञ्चालन गर्ने तयारी भइरहेको छ।

कार्यक्रमको अन्त्यमा नयाँ पदाधिकारीहरूले एकता, पारदर्शिता र उत्तरदायित्वका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता जनाएका थिए।

Leave a comment