पेनाङ (मलेसिया) —
नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङद्वारा आयोजना गरिएको ९औं अधिवेशन तथा भव्य सांस्कृतिक कार्यक्रम हिजो उत्साहपूर्ण वातावरणमा भव्यताका साथ सम्पन्न भएको छ। 
कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सह–अध्यक्ष गंगा बहादुर थापा मगर प्रमुख अतिथि रहनुभएको थियो। सो अवसरमा नेपालबाट पधारेका चर्चित कलाकारहरू विजय पुन मगर र उर्मिला पुलामी मगरले आफ्ना लोकप्रिय गीतहरू प्रस्तुत गरी उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरेका थिए। 
विशिष्ट अतिथि नेपाल मगर संघ मलेसियाका केन्द्रीय अध्यक्ष पुष्मिता ठाडा मगर, संघका केन्द्रीय पदाधिकारी, विभिन्न प्रदेश तथा क्षेत्रीय समितिका प्रतिनिधि, समाजसेवी, व्यवसायी, पत्रकार तथा स्थानीय समुदायका अगुवाहरूको उपस्थिति रहेकाले कार्यक्रम अत्यन्तै भव्य र ऐतिहासिक बनेको थियो। 
संघका सचिव सम्मर थापा मगरका अनुसार, यस अधिवेशनले संघको आगामी कार्यदिशा, संगठन सुदृढीकरण र नयाँ नेतृत्व चयनमार्फत पेनाङ क्षेत्रको मगर समुदायलाई अझ एकताबद्ध बनाउने संकल्प लिएको छ। 
कार्यक्रमका क्रममा संघको नयाँ कार्यसमिति (कार्यकाल २०२५–२०२७) सर्वसम्मत रूपमा चयन गरिएको छ —
अध्यक्ष: दिपक लुङ्गेली मगर
उपाध्यक्ष: अङ्कित बुर्जा मगर
महिला उपाध्यक्ष: भगवती सिजाली मगर
सचिव: सम्मर थापा मगर
सह–सचिव: दिपेन्द्र बुढा मगर
कोषाध्यक्ष: मिना कुमारी बुढाथोकी मगर
सह–कोषाध्यक्ष: मनिका पुलामी मगर
त्यसैगरी,
सांस्कृतिक विभाग प्रमुख: प्रतीक्षा बारघरे मगर
खेलकुद विभाग प्रमुख: बुद्धिराम पुन मगर
संरक्षक: बिरस पुन मगर
प्रमुख सल्लाहकार: ओकिल थापा मगर
सल्लाहकारहरू: गोकुल तुम्सिङ मगर, राजन आले मगर, बल बहादुर थापा मगर, दल बहादुर बुढा मगर, दिलिप सोमै मगर, तिपेन्द्र बुढा मगर।
सदस्यहरू: यम कुमारी थापा मगर, तारा आले मगर, शर्मिला घर्ती मगर, निसान लामिछाने मगर, बिनोद राना मगर, अमृत पिठाकोटे मगर, नगेन्द्र पिठाकोटे मगर, सुजन थापा मगर, नरेश सारु मगर, रोसन ढेङगा मगर, विशाल रासकोटी मगर, पुर्ण क्याप्छाकी मगर, बल बहादुर कानुङ मगर, गुम बहादुर गाहा मगर, नारायणसिं थकाली मगर, भबिलाल सोमै मगर, भक्त बहादुर सोमै मगर, रेसम सुर्यबंशी मगर र गम बहादुर बराल।
नव–निर्वाचित अध्यक्ष दिपक लुङ्गेली मगरले मगर समुदायको एकता, भाषा, संस्कृतिको संरक्षण तथा मलेसियामा रहेका मगर दाजुभाइ–दिदीबहिनीहरूबीचको आपसी सद्भाव र सहकार्य सुदृढ पार्ने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रममा अतिथिहरूले संघको निरन्तर योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सबल, एकीकृत र सक्रिय मगर समुदाय निर्माणको शुभकामना व्यक्त गरेका थिए।
सांस्कृतिक प्रस्तुतिहरूमा मगर परम्परागत नृत्य, लोकगीत र आधुनिक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो।
कार्यक्रमको समापनमा आयोजक समितिले सबै सहयोगी संघ–संस्था, व्यवसायी, शुभेच्छुक र सहभागीहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको थियो।
नेपाल मगर संघ मलेसिया, क्षेत्रीय समिति पेनाङ
