सेरेम्बान, मलेसिया।
PNCC–ILO Project अन्तर्गत सञ्चालन भइरहेको Outreach Program को क्रममा आज सेरेम्बानमा “सामाजिक सुरक्षा कोष” विषयक सचेतनामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको उद्देश्य वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको महत्व, त्यसमा सदस्यता लिने प्रक्रिया र यसको लाभबारे जानकारी गराउने रहेको थियो।
कार्यक्रममा PNCC–ILO Outreach Program की संयोजक रेखा लिङ्दम ले सहजीकरण गर्नुभएको थियो भने PNCC संयोजक पूर्ण लिम्बू ले निर्देशन प्रदान गर्नुभएको थियो।
त्यसैगरी प्रवासी नेपाली मञ्च मलेसिया का सचिव तथा बाग्लुङ सेवा समाज मलेसिया का अध्यक्ष कृष्ण खड्का ले आफ्नो अनुभव र विचारहरू साझा गर्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरूबीच सामाजिक सुरक्षा कोषको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा कलाकार तथा प्रवासी नेपाली मञ्चका सक्रिय सदस्य सविता तामाङ सहितका सहभागीहरूले पनि सामाजिक सुरक्षा कोष सम्बन्धी प्रशिक्षण उपयोगी र जानकारीमूलक रहेको बताउँदै यस्तो कार्यक्रम निरन्तर रूपमा सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए।
PNCC–ILO Project ले मलेसियाको विभिन्न स्थानहरूमा यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ, जसको मुख्य उद्देश्य प्रवासी नेपाली कामदारहरूलाई आफ्नो हक, अधिकार र सुरक्षाबारे सचेत बनाउनु हो।
कार्यक्रममा उपस्थित सबै अतिथि, संयोजक, सहकार्यकर्ता तथा सहभागीहरूलाई आयोजक समितिले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
