मलेसियामा आफ्नो प्रेमीको “लिंग” काटिदिएको आरोपमा बंगलादेशी महिला पक्राउ।

6

इस्कन्दर पुत्री (जोहोर):= मलेसियामा कार्यरत आप्रवासी विदेशी श्रमिकबीचमा बेला बेला अच्चम अच्चमका घटना घट्ने गर्छन् । त्यस्तै अच्चमको घटना मध्य एक घटना पुनः सार्वजनिक भएको छ । आफ्ना बंगलादेशी प्रेमी विवाहित भएको थाहा पाएपछि एक बंगलादेशी महिलालेनै उनका निजी अंग “लिंग” काटिदिएको घटनामा प्रहरीले ती महिलालाई पक्राउ गरेको छ।

जोहोरस्थित इस्कन्दर पुत्रीका ओसीपीडी सहायक आयुक्त एम. कुमारासनका अनुसार, ३३ वर्षका बंगलादेशी पुरुषलाई उनकी प्रेमिकाले जोहोर बाह्रुस्थित गालाङ पाताहको कम्पुङ लोकानमा आक्रमण गरेकी थिइन्। पीडितको जननेन्द्रिय “लिंग” र बायाँ हातमा गम्भीर चोट लागेको छ र उनलाई सुल्तानाह अमिनाह अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

३४ वर्षीया महिला त्यहीँ आक्रमणकै दिन पक्राउ परेकी थिइन्। उनका विरुद्ध दण्ड संहिता धारा ३२६ र इमिग्रेशन ऐन १९५९/६३ को धारा ६(१)(c) अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। Source : The Star

Leave a comment