मलेसियामा कार्यरत ३२ वर्षिय युवा दिपककुमार रामको असामयिक निधन।

16

क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीमा काम गर्न मलेसिया आएका कतिपय नेपालीको भाग्य राम्रै चम्केको छ , भने कतिपयले अकालमै ज्यान गुमाउनु परेको छ । यस्तै क्रममा रोजगारीकै सिलसिलामा मलेशिया आईपुगेका एक नेपाली श्रमिक युवाको आइतबार राति असामयिक मृत्यु भएको छ ।

नेपाल ठेगाना सप्तरी जिल्लाको रुपनी गाउँपालिका २ हरिरावा टोलका ३२ वर्षिय दिपककुमार रामको मृत्यु भएको हो । मलेशियास्थित एक प्लास्टिक फ्याक्ट्रिमा लेवरको पदमा कार्यरत उनको अचानक स्वास्थ्य अवस्था बिग्रेको र उपचारका लागि अस्पताल लादालादै बाटोमै मृत्यु भएको भनी मलेशियामा रहेका उनका साथीहरुबाट जानकारी प्राप्त भएको परिवारका एक सदस्यले जानकारी दिएको छ ।

मृतक राम चार वर्षअघि रोजगारीका शिलशिलामा मलेशिया आएका थिए । सानै उमेरमा आमाबुबा गुमाएका रामको ६ वर्षअघि मात्र विवाह भएको थियो । पुरानो ऋणको भार र थपिएको जिम्मेवारीसँगै बढ्ेदो खर्च धान्न समस्या भएपछी उनी गाउँका साहु महाजनसँग थप ऋण जुटाएर मलेशिया आईपुगेका थिए ।

मलेसियामा काम गरेर केही पैसा जोडेर फर्कने तथा ऋण चुक्ता, परिवारको लालनपालन र दुई सन्तानको शिक्षादिक्षा सहज बनाउने सपना बोकेर विदेशिएका रामको मृत्युको खबरले परिवारजन शोकमा डुबेका छन् । २८ वर्षिया पत्नी रेणु श्रीमानको मृत्युको खबर पाएदेखी नै छिनछिनमै बेहोस हुने गरेकी छिन् ।

उनलाई सम्हाल्न आफन्त र छरछिमेकका महिलालाई हम्मेहम्मे भएको छ । भएको एक मात्र सन्तान गुमाएपछी परिवारका सम्पूर्ण सदस्य विक्षिप्त छन् । मलेशियाबाट रामको शव नेपाल फर्काईदिन गाउँपालिका कार्यालयले प्रदेश र संघीय सरकारसँग सहयोगका लागि पहल थालेको छ।

Leave a comment